प्रेसमितिः २०६७/७/११
प्रेस विज्ञप्ती
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी एवं चिकित्सकहरुको सम्बन्धमा विभिन्न मागहरु राखी विगत केहि बर्षदेखि स्वास्थ्य मन्त्रालय अर्थ मन्त्रालय एवं राष्ट्रिय योजना आयोग समक्ष पेश गरी पटक पटक ध्यानाकर्षण गर्दै आएको छ । तर हालसम्म पनि नेपाल सरकारको तर्फबाट उल्लेखित जाहेज मागहरुका सम्बन्धमा कुनै पनि चाँसो व्यक्त नहुनुमा नेपाल चिकित्सक संघ गहिरो दुःख व्यक्त गर्दछ । विगत लामो समयदेखि नेपाल चिकित्सक संघले उठाएका विभिन्न मागहरु जस्तै चिकित्सकहरुको हकहितका लागि चिकित्सकहरुको शुरुको नियुक्ती नवौं तहबाट गरिनु पर्ने र नीजि क्षेत्रमा लगाउँदै आएको ५ प्रतिशत स्वास्थ्य सेवा शुल्क खारेज गरिनु पर्ने स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको बजेट न्यून भएकोले कम्तीमा पनि १० प्रतिशत बजेट विनियोजन हुनु पर्ने र जिल्ला कार्यालयका प्रमुख चिकित्सक नै हुनु पर्ने समूहगत पदस्थापन हुनु पर्ने बरिष्ठताको आधारमा कार्यालय प्रमुखहरुको पदस्थापन हुनु पर्ने विधि सम्वत र कानून सम्वत सरुवा र पदस्थापन हुनु पर्ने Health Professional Protection Act को कार्यान्वयन हुनु पर्ने National Academy of Medical Sciences (NAMS) लाई स्यायत्त संस्था बनाई बीर अस्पताललाई देशको विभिन्न दुर्गम स्थलमा कार्यरत चिकित्सकहरुको कार्य थलोको रुपमा कायम राख्ने लगायत वर्तमान जनसंख्याको आधारमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको दरवन्दी बृद्धि गरिनु पर्ने स्वास्थ्यसंस्थाहरुलाई भौतिक पूर्वाधारको व्यवस्था गर्नु पर्ने्र नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को धारा २६ को उपधारा ३ कार्यान्वयन भएको कारणले दशौं तहमा कार्यरत चिकित्सकहरुको क्षमता वृत्तिविकासमा बाधा उत्पन्न हुन गएकोले सो उपदफा संशोधन गरिनु पर्ने मागलाई प्राथमिकताका साथ उठाउँदै आएको र सो सम्बन्धमा हालसम्म कुनै पनि प्रकि्रया नचालि लोकसेवा आयोगबाट विज्ञापन प्रकाशित गरिसकिएकोले सम्पूर्ण चिकित्सकहरु मर्कामा परेकोले सो सम्बन्धमा ए.ने.क.पा. माओबादी नेपाली काँग्रेस र ने.क.पा. एमालेका प्रमुख सचेतकहरुलाई संघका कार्य कारिणी समितिले आज मिति २०६७ कार्तिक ११ गते दिउसो १२:०० बजे भेट गरी गम्भिर ध्यानाकर्षण गरेको छ ।
यस संघले उठाएका मागहरुका सम्बन्धमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको संयोजकत्वमा चिकित्सकहरुको माग सम्बन्धित सुझाब पेश गर्न एक समिति निर्माण गरी उक्त समितिले नेपाल सरकार मन्त्री परिषद्मा सुझाब पेश गरिसकेको छ । उक्त सुझाब अनुसार नेपाल सरकारले हालसम्म कुनै पनि मागको कार्यान्वयनका लागि आवश्यक कदम नचालेकोप्रति नेपाल चिकित्सक संघ चिन्ता प्रकट गर्दछ । साथै लोकसेवा आयोगबाट उक्त ऐन संशोधन नगरी विज्ञापन प्रकाशित गरिसकिएकोले देशभरका सम्पूर्ण चिकित्सकहरु मर्कामा परेको व्यहोरा पुनः स्मरण गराउँदै संघले उठाएका मागहरुको कार्यान्वयनका लागि ठूला राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गरिएको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउन चाहान्छु ।
भवदीय
डा. केदारनरिसंह के.सी.
अध्यक्ष
Thursday, October 28, 2010
Thursday, October 21, 2010
न्यूयोर्कमा जटुल रिन्पोछेद्वारा महाकरुणामयी आर्य अवलोकितेश्वर देवको वाङ प्रदान - प्रेस विज्ञप्ती
ल्हाक्पा गेलु शेर्पा ,अक्टोबर १७,न्युयोर्क : विश्व शान्ति र सम्पूर्ण प्राणी जगतको कल्यणको कामना गर्दै (जरोङ्फु सङ्गे )परम पूजानिय धर्म गुरु जटुल् रिन्पोछेले न्यूयोर्कमा अबस्थित बौद्दमार्गीहरुको लागि महाकरुणामयी आर्य अवलोकितेश्वर देव( फवाचेरेंजी )को वाङ् (अभिषेक)प्रदान गर्नु भएको छ।
Subscribe to:
Comments (Atom)