यस चितवन समाज स्पेनमा स्थापनाकाल देखि नै सहयोग, सरसल्लाह तथा मार्गदर्शन प्रधान गर्दै आउनु भएका चितवन समाज स्पेनका सस्थापक सल्लहाकार तथा हाम्रा अग्रज आदरणीय दाजु श्री रामलाल कंडेल बिगत लामो समय देखि (झन्डै ३ महिना) बार्सिलोना स्थित hospital sant pau मा स्वास्थ्य उपचार क्रममा रहनु भएकोले उहाको शिघ्र स्वास्थ्य लाभ होस् भनी भगवान श्री पशुपतिनाथ सग प्राथना गर्दै शिघ्र स्वास्थ्य लाभको कामना यसै बिज्ञप्ति मार्फत चितवन समाज स्पेन गर्दछ ।
साथै उहाले स्पेनमा नेपाली समाजहरु प्रति दिनु भएको योगदानको उच्च मुल्यांकन र कदर यस चितवन समाज गर्दछ । स्मरण रहोस उहा गैर आवासीय नेपाली संघ स्पेन (NRN-SPAIN) को सस्थापक उपाध्यक्ष तथा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति (NRN ICC) को निबर्तमान सदस्य तथा स्पेन कै सबै भन्दा पुरानो नेपाली सस्था नेपाली जन सम्पर्क समिति स्पेनका सस्थापकहरु मध्य एक हुनु हुन्छ ।
बिनोद ढकाल
अध्यक्ष
चितवन समाज स्पेन