Saturday, August 18, 2012

चितवन समाज स्पेनको प्रेस बिज्ञप्ति

यस चितवन समाज स्पेनमा स्थापनाकाल देखि नै सहयोग, सरसल्लाह तथा मार्गदर्शन प्रधान गर्दै आउनु भएका चितवन समाज स्पेनका सस्थापक सल्लहाकार तथा हाम्रा अग्रज आदरणीय दाजु श्री रामलाल कंडेल बिगत लामो समय देखि (झन्डै ३ महिना) बार्सिलोना स्थित hospital sant pau मा स्वास्थ्य उपचार क्रममा रहनु भएकोले उहाको शिघ्र स्वास्थ्य लाभ होस् भनी भगवान श्री पशुपतिनाथ सग प्राथना गर्दै शिघ्र स्वास्थ्य लाभको कामना यसै बिज्ञप्ति मार्फत चितवन समाज स्पेन गर्दछ ।


साथै उहाले स्पेनमा नेपाली समाजहरु प्रति दिनु भएको योगदानको उच्च मुल्यांकन र कदर यस चितवन समाज गर्दछ । स्मरण रहोस उहा गैर आवासीय नेपाली संघ स्पेन (NRN-SPAIN) को सस्थापक उपाध्यक्ष तथा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति (NRN ICC) को निबर्तमान सदस्य तथा स्पेन कै सबै भन्दा पुरानो नेपाली सस्था नेपाली जन सम्पर्क समिति स्पेनका सस्थापकहरु मध्य एक हुनु हुन्छ ।



बिनोद ढकाल
अध्यक्ष
चितवन समाज स्पेन

Monday, July 9, 2012

एन आर एन स्पेन को सुचना

9 july-स्पेन को कानुन लाई मध्ये नजर गर्दै स्पेन भित्र रहेका नेपाली हरुको कुनै पनि कागज पत्र हरु नेपाल स्थित स्पेनिश काउन्सुलर बाट प्रमाणित का लागि छाप लगाउनु पर्ने कुरा सर्ब बिदितै छ तर यहि ५ जुलाई देखि ३० जुलाई सम्म काउन्सुलर अम्बिका श्रेष्ठ बिरामी बिदा मा बस्नु भएको कारण कुनै पनि अफिस्यल्ली काम नहुने कुरा नेपाल स्थित स्पेनिश काउन्सुलर का कर्मचारी सबिना मल्ल बाट पठाईएको प्राप्त पत्र मा उल्लेखित भएको यहा हरु लाई जानकारी गराउदछौ
एन आर एन स्पेन
महासचिब
बिष्णु रिजाल

Saturday, June 2, 2012

जनसम्पर्क समिति स्पेनको प्रेस-विज्ञप्ती

स्पेनवासी नेपालीका समस्या समाधान गर्ने उदेस्यका साथ २००७ मा गठित नेपाली जन-सम्पर्क समिति स्पेन ६ बर्षको आफ्नो दौडान पूरा गर्ने क्रममा छ। चिन्तामणी सापकोटाको अध्यक्षतामा गठित तदर्थ समिति, प्रथम अधिबेसनबाट पुष्पराज भण्डारीको अध्यक्षतामा गठित निर्बाचित समिति, दोस्रो अधिबेसनबाट एकराज गिरीको अध्यक्षतामा गठित निर्बाचित समिति गरि जन-संपर्क समिति स्पेनले ३ वटा नेत्रित्व पाइसकेको यो संस्था अहिले तेस्रो अधिबेसनको संघारमा उभिएको छ। जन-संपर्क समिति स्पेनले स्थापनाकाल देखि नै स्पेनबासी नेपालीका र समग्र नेपालीका हितमा थुप्रै काम गर्दै आइरहेको यतार्थता हामी सबैका सामु जिबितै छ। हिजो स्पेनमा कुनै पनि संघ संस्था नभएको सुन्यतालाई चिर्दै सम्पुर्ण स्पेनबासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरूलाई समेट्दै स्पेनमा बस्ने नेपालीहरुकै पहिलो अनि ससक्त संगठनको रुपमा जन-सम्पर्क समिति स्थापना भएको थियो। समिति स्थापना गराइ यो स्थान सम्म पुराउनमा संस्थापक अध्यक्ष चिन्तामणी सापकोटा, पुष्पराज भण्डारी, निरज पोख्रेल, रामलाल कंडेल,शालिकराम डुम्रे, अनिल गुरुङ, गणेशमान ताल्चाभडेल, नारायण प्रसाईं लगायतका साथिहरूको प्रमुख भूमिका रहेको छ। भोलिका दिनमा पनि संगठनलाई यहि गतिमा दौडाउन र संगठनलाई एक अनि क्रियाशील बनाइ राख्न उहाँहरूको अझै राम्रो भुमीका हुनेमा नयाँ समितिका साथीहरू आसाबादी देखिन्छ्न। नेपालको पर्यटन बिकासमा टेवा पुर्‍याउनु, नेपाली कला र संस्कृतिको संरक्षण एवं प्रचार प्रसार गर्नु, स्पेनमा बस्ने नेपाली समुदाय विच परेका कानुनी समस्याहरुको समाधानका लागि समय-समयमा वकिलहरुसंग अन्तर्कृया गर्नु, मनोरंजनात्मक र खेलकुद कार्यक्रमहरु गरेर नेपाली समुदाय विचको संबन्धलाई सुमधुर गराउनु, स्पेनको कानुनमा विध्यमान बिदेशिहरु संबन्धित २ थरी कानुनको संसोधनका लागि पहल गर्नु, विदेशमा भएर पनि स्वदेश प्रतिको माया ममतालाई यथावत राख्न र देश प्रतिको जिम्मेबारी सम्पूर्ण नेपालीहरुलाई बोध गराई असहाय, रोगीहरूलाई सक्दो सहयोग गर्ने कार्यक्रमहरु अगाडि बढाउनु, स्पेन र नेपालको मैत्रीपुर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि स्पेन र नेपालका सरकारी निकायहरूलाई समय समयमा सजग गराउनु, स्पेनमा बस्ने नेपालीहरुका समस्या समाधानका लागि नेपाली दुतावास फ्रान्स (पेरिस) लाई सजक गराई रहनुका साथै स्पेनमा नेपाली राजदुताबास स्थापनाको लागि थुप्रै पहल गर्दै आइरहेको छ।

यसै सिलसिलामा सन २००७ मा नेपालबाट पाल्नु भएका तत्कालिन सभासद नारायण शर्मा पौडेल मार्फत सरकारलाई स्पेनमा नेपाली राजदुताबास स्थापनाको माग गर्दै ज्ञापन-पत्र पठाइएको, सन २००८-८-५ तारिकमा नेपालबाट पाल्नु भएका सभासद साथै नेपाली काङ्रेसका केन्द्रिय सदस्य अर्जुन जोशी र तत्कालिन जलश्रोत राज्यमन्त्री डिना उपाध्याय मार्फत पुन:नेपाल सरकारलाई थप दवाव स्वरुप ज्ञापन-पत्र पठाईएको, सन २००९-९-१५ मा नेपाली काङ्रेसका बरिष्ठ नेता साथै भुपु प्रधान्मन्त्री शेर बहादुर देउवा (साथमा सभासद आरजु राणा देउवा, युवानेता किरण पौडेल) लाई स्पेनको कार्यक्रममा उपस्थित गराई स्पेनबासी नेपालीका समस्याहरू अबगत गराउदै तत्कालिन अवस्थामा स्पेन बासी नेपालीलाई खट्किएको पुलिस रिपोर्टको समस्या साथै स्पेनमा नेपाली राजदुताबास राख्न पहल गरिदिन अनुरोध गरिएको, सन २०१०-१०-२४ मा तत्कालिन संसदिय व्यबस्था तथा संस्क्रिती मन्त्री डा मिनेन्द्र रिजालको उपस्थितिमा स्पेन बासी नेपालीका समस्याहरूको साथै स्पेनमा नेपाली राजदुताबासको आवस्यकता विषयमा एक अन्तर्क्रिया कार्यक्रम गरिएको, ए.बि.सि न्युज टेलिभिजनबाट पाल्नु भएका पत्रकार किरण मरहट्ठाको उपस्थितीमा स्पेन बासी नेपालीका समस्या साथै स्पेनमा राजदुताबासको अभाव बिषयमा अन्तर्क्रिया आयोजना गरिएको र उक्त अन्तर्क्रिया कार्यक्रम जस्ता को तस्तै ए बी सी टेलिभीजनबाट प्रसारण गरिएको थियो।

नेपाल र स्पेनको कुटनैतिक सम्बन्ध र हाम्रा विविध समस्याहरूको बारेमा ध्यानाकर्षण गराउंदै स्पेनको कातालुन्या स्टेटको सरकार मार्फत केन्द्रिय सरकारलाई ज्ञापन-पत्र पनि सन २०१२ जुलाई २६ मा बुझाईएको थियो। स्पेनवासी नेपालीहरुका विविध समस्याहरू र स्पेनमा नेपाली राजदुतावासको आवस्यकताको महसुस नेपाल सरकार र सम्बन्धित सरकारी निकायहरूलाई गराउने उद्देस्यले सन २०१२ अगष्टमा नेपाली राजदुतावास पेरिस फ्रान्समा एक डेलिगेसनका लागि पहल गरिएको, सन २०१२ अक्टोवर १४ मा ए बी सी टेलिभिजनद्वारा परराष्ट्र मन्त्रालयका सह-सचिव, संस्थाका वर्तमान अध्यक्ष र बरिष्ठ उपाध्यक्षको उपस्थितीमा एक प्रत्यक्ष प्रसारण कार्यक्रम गरिएको, त्यसै सिलसिलामा अक्टोवर १५ मा नेपाल सरकारका प्रधानमन्त्रिका राजनैतिक सल्लाहाकार एवं एनेकपा माओबादीका पोलिटब्युरो सदस्य देबेन्द्र पौडेल र नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिङ् के सी को उपस्थितीमा रिपोर्टस क्लबमा एक विशेष कार्यक्रम गरिएको थियो। नेपाली दुतावास फ्रान्ससँग नियमितरुपमा संपर्क गरेर त्यस मार्फत निरन्तररुपमा स्पेनमा दुतावास स्थापनाका लागि पहल गर्न दवाव श्रीजना गरिएको थियो।

जन-सम्पर्क समिती स्पेनका तर्फबाट भएका थुप्रै पहलहरू र यहाँका अन्य संघ संस्थाहरुबाट भएका पहल स्वरुप स्पेनमा नेपाली राजदुतावासको टड्कारो आवस्यकतालाई मनन गरेर त्यस तर्फ पहल गर्न अग्रसर देखिएकोमा नेपाल सरकारलाई जन-सम्पर्क समिती स्पेन र यहाँका सम्पुर्ण नेपालीहरूको तर्फबाट हार्दिक धन्यबाद दिन चाहन्छौं। साथै नेपालमा पनि स्पेनको कुटनैतिक नियोगको आवश्यकतालाई महसुस गरेर नेपाल सरकारले त्यस तर्फ छिटो भन्दा छिटो आफ्नो पहल अगाडी बढाओस भन्दै त्यस तर्फ हामीले पनि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं। र जन सम्पर्क समिति स्पेनले नेपाल र नेपालीका लागि केही गरौ भन्ने उदेस्यका १ युरो मातृभूमीलाई, गरिबका लागि एक छाक जस्ता कार्यक्रम सुरु गरेको छ। स्पेनमा बस्ने असाहय, बिरामीलाई सक्दो सहयोग गर्दै आइरहेको छ। स्पेन बसाइको क्रममा ज्यान गुमायकाको आफन्तलाई सहयोग गर्ने देखि लियर समस्या परेको ठाउमा जनसम्पर्क समिति पुग्न पछी हटेको छैन भोलिका दिनमा पनि जनसम्पर्क समिति स्पेनमा हरेक काममा सबै भन्दा एक कदम अगाडी रहदै सास्क्रितिक, खेल्कुद, अन्तर्क्रिया जस्ता कामलाई पनि निरन्तर्ता दिदै स्पेन बासी नेपालीको ढुकढुकिको रुपमा रहने कुरामा बिस्वास दिलाउन चहन्छौ ।

जय नेपाल
दिपक सुबेदी
महमन्त्री (जनसम्पर्क समिति स्पेन )

Monday, February 27, 2012

स्वर्गिय क्लाउस रोफ्नर प्रति हार्दिक समवेदना !

स्वर्गिय क्लाउस रोफ्नर प्रति हार्दिक समवेदना ! -भीम के सी कमल लिस्बन नेपाल बिश्व सहायता संघका युरोप च्याप्टरका संस्थापक महासचिब अष्ट्रीयन नागरिक क्लाउस रोफ्नरको १४ फरबरी रातको १.३० बजे असामयिक निधन भएको छ। वर्ल्ड ट्राभलरको रुपमा विश्व भ्रमणको क्रममा रोफ्नरले सन १९८७ मा पहिलो पटक नेपालको भ्रमण गरेका थिए। तदोपरान्त नेपाललाई अत्यन्त माया गर्दै नेपालमा बिभिन्न च्यारिटी, समाजसेवाका कामहरु गर्दै आएका उनले हालैका दिनहरुमा नेपाल बिश्व सहायता संघमा संलग्न भै नेपालमा बिभिन्न रचनात्मक कार्यहरु गर्ने अभियान चलाउदै थिए। नेपाललाई अत्यन्त माया गर्ने रोफ्नरको अशामयिक निधनले नेपालले एउटा सच्चा मित्र गुमाएको र नेपाल बिश्व सहायता संघले नेपालको एक सच्चा मित्र र असल सहकर्मी असमयमै गुमाएको भन्दै संघका पोर्चुगलमा रहेका उपाध्यक्ष बालाराम बि क, सदश्य गोबिन्द सापकोटा र सल्लाहकार मान बहादुर पुर्जाले गहिरो शोक तथा श्रद्धान्जली प्रकट गरेका छन्। श्रद्धान्जली ब्यक्त गर्दै स्वर्गिय आत्माको चिर शान्तिको कामना सहित शोकाकुल परिवार प्रति सहानुभुति एबम् धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने प्रार्थाना गरिएको छ।