Monday, February 27, 2012
स्वर्गिय क्लाउस रोफ्नर प्रति हार्दिक समवेदना !
स्वर्गिय क्लाउस रोफ्नर प्रति हार्दिक समवेदना !
-भीम के सी कमल
लिस्बन
नेपाल बिश्व सहायता संघका युरोप च्याप्टरका संस्थापक महासचिब अष्ट्रीयन नागरिक क्लाउस रोफ्नरको १४ फरबरी रातको १.३० बजे असामयिक निधन भएको छ। वर्ल्ड ट्राभलरको रुपमा विश्व भ्रमणको क्रममा रोफ्नरले सन १९८७ मा पहिलो पटक नेपालको भ्रमण गरेका थिए। तदोपरान्त नेपाललाई अत्यन्त माया गर्दै नेपालमा बिभिन्न च्यारिटी, समाजसेवाका कामहरु गर्दै आएका उनले हालैका दिनहरुमा नेपाल बिश्व सहायता संघमा संलग्न भै नेपालमा बिभिन्न रचनात्मक कार्यहरु गर्ने अभियान चलाउदै थिए।
नेपाललाई अत्यन्त माया गर्ने रोफ्नरको अशामयिक निधनले नेपालले एउटा सच्चा मित्र गुमाएको र नेपाल बिश्व सहायता संघले नेपालको एक सच्चा मित्र र असल सहकर्मी असमयमै गुमाएको भन्दै संघका पोर्चुगलमा रहेका उपाध्यक्ष बालाराम बि क, सदश्य गोबिन्द सापकोटा र सल्लाहकार मान बहादुर पुर्जाले गहिरो शोक तथा श्रद्धान्जली प्रकट गरेका छन्। श्रद्धान्जली ब्यक्त गर्दै स्वर्गिय आत्माको चिर शान्तिको कामना सहित शोकाकुल परिवार प्रति सहानुभुति एबम् धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने प्रार्थाना गरिएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment