Tuesday, November 23, 2010

नेपाल लोकतान्त्रिक माच दोहा कतारको प्रेस विज्ञप्ति

पत्र संख्या ०१

च.न. ३७/२०१०

नेपाल लोकतान्त्रिक माच दोहा कतारको प्रेस विज्ञप्ति
२०६७ मंसिर ३ गते व्यवस्थापिका संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने क्रममा एकिकृत ने।s।पा
माओवादीहरुद्धारा गरिएको अत्यन्तै असोभनीय अमानविय अलोतान्त्रिक व्यवहार प्रति नेपाल लोकतान्त्रिक माच दोहा कतारकॊ गम्भीर ध्यान आकर्षण भएको छ । आर्थिक वर्ष समाप्त भएको ४ महिना विती सक्दा पनि बजेट प्रस्तुत नहुँदा देशको अर्थतन्त्र नै अस्तव्यस्त हुने र जसले गर्दा सिङ्गो देशको विकास निर्माण कार्यक्रम र जनजीवनमा समेत गम्भीर प्रकारले प्रभावित हुने भएकोले प्रमुख ३ राजनीतिक दलहरु का बीचमा सहमति भई आर्थिक वर्ष २०६७÷६८ को बजेट प्रस्तुत गर्ने सहमती भए अनुसार नेपालको अर्थतन्त्रलाई वचाउनका लागि नेपाल सरकारका अर्थमन्त्रीले वजेट प्रस्तुत गर्नु भएको यथार्थता हामी कसैवाट छिपेको छैन । यस सन्दर्भमा तीन प्रमुख राजनीतिक दलहरुका बीचमा सहमति भएर बजेट प्रस्तुत गर्ने टुंगो लागे पश्चात हामीले त्यसलाई स्वागत गरेका थियौं ।

मंसिर ३ गते अर्थमन्त्रीले व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्नको लागि अगाडी वढ्ने क्रममा एकिकृत नेकपा माओवादीका सभासदहरुले बजेटको सुटकेशलाई अर्थमन्त्रीको हातवाट खोसाएर तोडफोड गरी सांघातिक रुपमा आक्रमण गरी कुटपिट समेत गर्ने कार्य गरेको निन्दनिय व्यवहारप्रति नेपाल लो
कतान्त्रिक माच दोहा कतार घोर भत्स्रना गर्दछ । नेपालको संसदिय ईतिहासमा लोकतान्त्रिक विधी मुल्य र मान्यताको यो ठाडो उल्लङघन हो र यसले एकिकृत ने।s।पा। माओवादीको नाङ्गो प्रवृतिको उजागर गरेको छ भन्ने हाम्रो ठहर रहेको छ । बजेट प्रस्तुत गर्न नदिने तथा संसदमा प्रदर्शन गरेको त्यस प्रकारको
व्यवहारबाट खालि अर्थतन्त्रमा आघात पुर् याउँने मात्र होइन आज देशको सामु रहेका प्रमुख कार्यहरु सरकार गठन संविधान निर्माण गरी शान्ति पकृयालाई तार्किक निष्कर्षमा पुर् याउँनका लागि राष्ट्रिय सहमतिको वातावरणको निर्माणमा समेत बाधा पुग्ने अवस्था सिर्जना हुन सक्दछ । यस्तो परिस्थितिमा २०६२/६३ को जनआन्दोलनका उपलब्धिहरु संघिय लोकतान्त्रिक गणतन्त्रलाई लिपीव¢ गरी रक्षा गर्नको लागि समेत बाधा पुग्ने अवस्था छ । र यसले गर्दा पुनरुत्थानवादी तथा प्रतिकृयावादी शक्तिहरुलाई मद्दत पुग्ने छ । एकिकृत नेकपा माओवादीहरुको अहिलेसम्मको सम्पूर्ण गतिविधिहरुलाई मुल्याकन गर्दा यो प्रश्न पनि नउठाई रहन सकिन्न । कही ती प्रतिगामी उद्देश्यहरुलाई बल पुर् याउँन नै उनीहरुले बजेट समे
त प्रस्तुत हुन नदिने र त्यहाँ त्यस प्रकारको अवाछीत व्यवहार गरेका त होइनन् यो राष्ट्रिय राजनितिको
गंभीर चासोको विषय वनेको छ । नेपाली जनताको अपेक्षा शान्ति र संविधान नै हो यो कुरा एकिकृत नेकपा माओवादीले राजनितिक यात्रा भुलेर लोकतन्त्र र विधिको शााशनलाई तिलाङ्गजली दिन समेत पछि नपरेकोमा नेपाली जनताले कदापि भुल्ने छैनन् ।

नेपाल लोकतान्त्रिक माच कतारले बजेट व्यवस्थापिका संसदमा नै प्रस्तुत भएर पारित हुनुपर्ने कुरामा जोड दिंदै आएको थियो । तर एकिकृत ने।s।पा माओवादीको उपरोक्त प्रकारको गलत व्यवहारले सिर्जना गरेको विशेष अवस्थामा नेपाल सरकारले नेपालको अन्तरिम संविधानमा व्यवस्था भए वमोजिम अध्यादेशद्वारा बजेट प्रस्तुत गर्नु आज मुलुकको वाध्यता हो । यस प्रकारको परिस्थितिमा अध्यादेशद्वारा भएपनि बजेट प्रस्तुत गरेर नेपाल सरकारले सही कार्य गरेको छ यस कार्यको नेपाल लोतान्त्रिक माच दोहा कतारले पुर्ण रुपमा समर्थन गर्दछ । नेपाली जनताद्धारा निर्वाचित सभासदहरुले विधीको शाशन कानुनी राज्यको उपहास गरी संविधान सभाभित्रै नेपाल सरकारका अर्थमन्त्रीलाई संघातिक रुपमा हमला गर्ने कार्यमा संलग्न रहने सभासदहरुलाई अविलम्व कार्वाही गर्न नेपाल लोकतान्त्रिक माच दोहा कतार जोडदार माग गर्दछ ।


धन्यवाद ॥

रामहरी गैह्रे

अध्यक्ष

नेपाल लोकतान्त्रिक माच केन्द्रिय समिति दोहा

कतार

No comments:

Post a Comment