प्रबासी नेपाली हरुको साझा संस्था गैर आवासीय नेपाली संघ नेपालीका लागि नेपाली भन्ने मूल मन्त्र संगै अघि बढिरहेको छ । स्पेनमा पनि गैर आवासीय नेपाली संघ स्पेन सम्पूर्ण स्पेन बासि नेपाली हरुको सुख दुखको साथी बन्दै आईरहेको छ । सन् २००९ को जनवरीमा प्रथम अधिबेशन गरि उक्त अधिबेशन बाट निर्बिरोध रुपमा निर्वाचित बर्तमान कार्य समितिको दुई बर्षे कार्यकाल पनि आउदो २०११ जनवरीमा सकिने भए पनि गैर आवासीय नेपाली संघको केन्द्रीय बिधान अनुसार प्रत्यक एन आर एन राष्ट्रिय समन्वय समितिहरुले केन्द्रीय अधिबेशन हुनु भन्दा छ महिना भित्र मात्र अधिबेशन गर्न सक्ने प्राबधान भएकोले उक्त कुरालाई मध्य नजर राख्दै यस गैर आवासीय नेपाली संघ स्पेनको दोश्रो महाधिबेशन सन् २०११ मे महिनामा गर्ने निर्णय एन आर एन स्पेनको नोभेम्बर महिनाको नियमित बैठक भएको कुरा सम्बन्धित सबैमा यसै सुचना मार्फत जानकारी गराउन चाहान्छौ । जस आनुरूप एन आर एन स्पेनका सम्पूर्ण क्षेत्रीय समिति हरुलाई आफ्नो समितिको अधिबेशन गर्न पत्राचार समेत गरिसकिएको छ भने समिति सदस्य श्री चिन्तामणि सापकोटाको संयोजकत्व मा संगठन विस्तर, डाटा संकलन तथा सदस्यता वितरण समिति गठन गरि आफ्नो काम कारबाही समेत आघि बढी सकेको छ | तसर्थ एन आर एन स्पेनको सदस्यता लिन तथा अधिबेशन प्रक्रियाबाट कोहि पनि स्पेन बासि नेपाली न बाहिरिउन भन्नका लागि यो सूचना जारी गरिएको छ । साथै एन आर एन स्पेनको महाधिबेशन सफलता पुर्बक सम्पन्न गर्नेका लागि आ-आफ्नो ठाउँ बाट सहायोग गर्न हुन सम्पूर्ण स्पेन बासि नेपाली तथा स्पेनमा रहेका सम्पूर्ण नेपाली संघ सस्थाहरुमा एन आर एन स्पेन हार्दिक अनुरोध गर्दछ ।
अन्य बिस्तृत जानकारीका लागि सम्पर्क श्री भिसाम कुमार गुरुङ
अध्यक्ष ( एन आर एन स्पेन )
visamgurung@hotmail.com
सचिब
बिनोद ढकाल
एन आर एन स्पेन
No comments:
Post a Comment