महासंघको कार्यसमितिलाई समेत जानकारी नदिई आफूखुशी लेटरप्याड दुरुपयोग गरी विधान विपरित शीर मेमोरिय अस्पताल बनेपा काभ्रेको नाममा कार्यक्रम सम्पन्न भएको भनि जानकारी दिएको पत्र प्राप्त भएको छ । "सोझै विद्यालय स्तरीय स्वास्थ्य शिक्षा तथा धुम्रपान नियन्त्रण कार्यक्रम" गरेको खुलासा भएको छ । जबकि यो कुरा महासंघको कुनै पनि पदाधिकारीहरुलाई जानकारी समेत नभएको र कार्यसमितिमा निर्णय समेत नगरेकाले उनले गरेको गतिविधि माथि महासंघका सम्पूर्ण साधारण सदस्यहरुले आपत्ति जनाएको थाहा भएको छ । सचिव चौलागाईमाथि अहिले विभिन्न क्षेत्रबाट उनको गतिविधिप्रति गम्भीर रुपले निगरानी हुँदै आएको स्रोतले बताएको छ । आफै सचिव भएर पनि महासंघको हित विपरित काम कार्यवाही गरेकाले उनले गरेको काम महासंघको विधान विपरित समेत भएको एक साधारण सदस्यले बताएका छन् ।
यसरी त उनले २०६० सालमा पूर्व युवराज पारसको जन्मोत्सवमा रौतहत जिल्लामा समेत राजाको नाम भजाएर "श्री ५ युवराज धिराज पारस बीर विक्रम शाहदेव सरकारको ३३औं शुभजन्मोत्सव स्मारिका समिति" भनि आफै अतिथि सम्पादक भई काम गरेका थिए । तिनै अभियोगमा महासंघले उनी माथि विगतमा पनि ६ महिना निलम्वन गरी फुकुवा गरेका थिए । उनको विगतको चरित्र पनि शंकास्पद गतिविधि गरेको स्पष्ट भएकोले पत्रकारहरुले उनको गतिविधिमा शंका गर्ने ठाउँ यतिमात्र होइन छानविन गर्नुपर्ने आवाज उठ्न थालेको छ । किनकि महासंघ काठमाडौं जिल्ला शाखाको आफू पदमा वहाल रहेको अवस्थामा समेत पुर्व स्वीकृति र निर्णय विना कसैलाई थाहै नदिई विभिन्न कार्यक्रमहरु गरी आर्थिक समेत संकलन गरीएको हुनसक्ने र छानविन हुनुपर्ने कुरा सर्वत्र रुपमा उठेको छ ।
महासंघको लेटर प्याडमा १० वटा विद्यालयको नामका कहिले र कसरी कार्यक्रम गरे त्यो भने अनुसन्धानको विषय बनेको छ । शीर मेमोरयिल अस्पतालको नाममा विभिन्न विद्यालयहरु १ कान्ति भैरव डाँछी २ अरुणोदय उ.मा.वि.सतिखेल फर्पिङ्ग ४ कालीकाशरण उ.मा.वि. जहरिसंह पौवा ५ ओख्रेनी मा.वि. सुन्दरीजल ६ मंगलोदय मा.वि. थानकोट ७ भाग्योदय उ.मा.वि. साँखु ८, जनप्रभात मा.वि. कालीमाटी ९ मानिसिंह धर्म उ.मा.वि मनमैंजु ९ श्रीकृष्ण मा।वि छैमले १० चापाबोट उ.मा.वि. नाङ्गले भारे । लगायत ठाउहरुमा कार्यक्रम सम्पन्न भएको जनाएको छ ।
यसरी मनपरी ढंगले कार्यक्रमहरु गरेको थाहा पाएर पनि पदाधिकारीहरु चुपचाप बसेको आरोप आफ्नै सदस्यहरुले बताउन थालेको छ । यस्ता व्यक्तिलाई महासंघले छानबिन गरी किन कारबाही नगरेको भनि महासंघमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
No comments:
Post a Comment