ओमान नेपाली एकता समाज तथा सिर्जनसिल सांस्कृतिक परिवार को सामुहिक प्रस्तुति तिज २०६८ को सुभकामना कार्यक्रम
आदरणीय ओमानबासी नेपाली दाजुभाई दिदीबहिनीहरु हाम्रो देश नेपालको परम्परा अनुसार हरितालिका तिज विवाहित अविवाहित सम्पूर्ण महिला दिदीबहिनीहरुको खास पर्ब मानिन्छ, भन्नुपर्दा नेपाली महिलाको सबैभन्दा ठुलो पर्ब भनेर पनि तिजलाई नै मानिन्छ, सोहि तिजको अबसरमा हामी हाम्रो देश नेपाल छोडेर खाडीमुलुक ओमानमा रहेता पनि हाम्रा रितिरिवाज र परम्परालाई सम्झदै साथै नेपाल पर्यटन वर्ष २०११ लाई टेवा पुराऊँ भन्ने उद्स्य को साथ ओमान नेपाली एकता समाज र सिर्जनसिल सांस्कृतिक परिवारले तीज २०६८, को पावन अवशरमा तीजको कार्यक्रम पस्कन गईरहेको छ | हाम्रा आमा बुबा दाजुभाई ले आफ्ना चेलीबेटी हरुलाई लिन गई निम्तो गरी या अन्य कुनै जरिया ले एकैठाउमा जम्मा गरी एक आपसमा शुखदु:खका कुरा आदान प्रदानगरी बर्भिन्न बाधा अड्चन हरुलाई भुली नाचगान गरी रमाइलो संग मनाउने चलन भएकोले नेपाली भाषा संस्कृति र सभ्यतालाई आत्मा सात गर्दै नेपाली चेलीबेटीहरुले परम्परा देखि बर्ष भरिनै भरिएका दु:ख बेदनालाई तिजी गित बाट बाड्ने र आपसमा रमाउने प्रचलन अनुसार ओमानमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुको बिचमा तीजलाई सामुहिक रुपमा मनाउने मौका ओमान नेपाली एकता समाजले प्रदान गर्दैछ परम्परा अनुसार दिदीबहिनी हरुलाई घरदैलो मा लिन जाने प्रचलन भएता पनि यस खाडी मुलुक ओमानमा त्यो कुरा सम्भव नहुनाले हामी यसै अपिल द्वारा निम्तो गर्दछौँ | उक्त सामुहिक तिजी कार्यक्रमलाई सफलपार्नको निमित्त ओमान स्थित सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई नैतिक र भौतिक रुपले सहयोग का साथ सक्रिय उपस्थितका लागि ओमान नेपाली एकता समाज तथा सिर्जनसिल सांस्कृतिक परिवार हार्दिक अपिल गर्दछौँ |
साथै कार्यक्रममा तिजिगित प्रतियोगिता पनि राखियकोछ, प्रतियोगिता मा महिला एकल र पुरुष मिश्रीत सबै टिमले भागलिन सक्नेछन्, प्रतियोगितामा आफुलाई आवस्यक पर्ने सम्पूर्ण साँजो-समान भागलिने टीमले आफै ब्यवस्था गर्नु प्रर्नेछ, प्रतियोगिता मा प्रथम हुने दुइ टिमलाई उचित पुरस्कार कोब्यवस्था गरियको छ साथै उपस्थित दर्स क बाट ३ जना भाग्यसाली दर्सकलाई उपहारको ब्यबस्था पनि गरियको छ |
प्रतियोगिता मा भागलिन का लागि कृपया यहाँ सम्पर्क गर्नु होला
कार्यक्रम को मिति - ०९.०९.२०११ सुक्रबार
समय - बिहान ११ बजे देखि शिवलाल गिरि 97847016
स्थान - अल मासा हाल रुवी धन बहादुर क्षेत्री - - 97051363
बिष्णु अर्याल - - - 95097126
> शालिकराम आचार्य - - 96375581
E-mail, dhanukshetri007@gmail.com ; shalikrama@gmail.com ; onusnepali@gmail.com
No comments:
Post a Comment