स्पेनमा बसोवास गर्ने नेपाली साथी-भाईहरुले परिवार पुनर्मिलन अन्तर्गत नेपालबाट आफ्नो परिवार ल्याउनका लागि आवस्यक कागजातहरु मध्यको एउटा महत्वपुर्ण कागजात नोमिना (salary sheet) मा विशेष ध्यान पुराउन आवस्यक देखिएको छ। स्पेन सरकारले स्पेनमा बस्ने विदेशीहरुको परिवार पुनर्मिलनका लागि केही समय (३/४ महिना) का लागि मात्रै उच्चतम नोमिना बनाएर कागजातहरु जम्मा गराउने प्रक्रियाको अन्त गराउनका लागि परिवार पुनर्मिलन गराउन ईमिग्रेसन कार्यालयमा अपिल गर्नु भन्दा अघिल्लो वर्षको काम गरेको रेकर्ड (Vida laboral), सेगुरिदाद सोसियलमा तिरेको ट्याक्स (record de seguridad social), देक्लारासिओन दे रेन्ता (declaracion de renta) लगायतका कागजातहरुलाई महत्व दिने र अन्तिम ३ वटा नोमिना चाहिने प्रावधान हटाउने तयारी गरिरहेकाले यो प्रक्रिया अगाडी बढाउने साथीहरुले वकिल सँग संपर्क गरेर मात्रै कागजातहरुको तयारी गर्नुहुनका लागि अनुरोध गरिन्छ। वकिलसँगको संपर्क विना नोमिना, एक्स्ट्रा कामको कन्ट्राक्ट गराउने तिर लागेर पैसाको बर्बादी नगर्नुहुन पनि अनुरोध गरिन्छ।
साथै बार्सिलोनामा भएको नेपाली कन्सुलर लुइस बेल्भिस (Luis Belvis) को कार्यालय Granvia Les Cortes de Catalanes - 583 को पाचौं तला (Metro L2, Universidad) मा सरेको कुरा पनि सबैमा सुचित गरिन्छ।
एकराज गिरी
बार्सिलोना, स्पेन।
No comments:
Post a Comment