Thursday, September 8, 2011

एनआरएन पोर्चुगलद्वारा नबनियुक्त प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना। -भीम के सी कमल

भीम के सी कमल

लिस्बन, ६ सेप्टेम्बर



गैर आवाशिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद पोर्चुगलले नवनियुक्त प्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ।

संघका अध्यक्ष रमेश कुमार गुरुङ्गद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा नबनियुक्त प्रधानमन्त्री बाबुराम भट्टराइ तथा मन्त्रीमण्डलका सदश्यहरुलाई हार्दिक बधाइ तथा कार्यकाल सफलताको कामना गरिएको छ।

उक्त बिज्ञप्तीमा अगाडी भनिएको छ: देशको बर्तमान अस्पष्ट राजनितिक परिदृश्यको समुचित ब्यबस्थापन गरी शान्ती प्रकृयालाइ बिधिसम्मत रुपमा निष्कर्षमा पुर्याउन र जन चाहना अनुसारको संबिधान थपिएको समयाबधि भित्रै निर्माण गर्न बरिष्ठ बिद्वान डा. भट्टराइको नेतृत्वको बर्तमान सरकारलाइ सफलता मिलोस भन्ने शुभकामना सहित कार्यकाल पुर्ण सफलताको कामना गर्दछौं।

No comments:

Post a Comment