Saturday, September 17, 2011

जन-सम्पर्क समिती स्पेनको ध्यानाकर्षण

नेपालको १० वर्षे ग्रुहयुद्धका कारण म जस्ता हजारौं साथिहरु जसले नेपाली कांग्रेसको कार्यकर्ता भएका आधारमा ज्यान गुमाउनु पर्यो, अंगभंग भएर जीवन जिउनु परेको छ र बिदेशिन वाध्य हुनु परेको छ, तिनै बिदेशिन वाध्य भएका हजारौं नेपाली कांग्रेसका कार्यकर्ताहरु मध्यको म पनि एक हुं। जो जहाँ भए पनि देश र प्रजातन्त्रका बारेमा बहस चलाउनु, निरंकुश तन्त्रका बिरुद्ध निरन्तर आवाज उठाउनु, नेपालको प्रजातन्त्रका पक्षमा अन्तराष्ट्रिय आवाजलाई वुलन्ध पारिरहनु म जस्ता सचेत नागरिकहरुको दायित्व हुन आउंछ। नेपालमा रहंदा गरेको नेपाली कांग्रेस र ने वी संघ प्रतिको लगाव, सांगठनिक कृयाकलापका कारण विदेशमा पनि चुप्प लागेर बस्न गाह्रो भएकाले नेपाली कांग्रेसको बिदेश स्थित भात्री संगठन जन-सम्पर्क समितीमा रहेर काम गर्ने जांगर र उत्साह जागेको कुरा मेरो मात्रै नभएर संसार भरी छरिएर रहेका साथिहरुको यथार्थता हो।

बिदेशमा बस्ने नेपालीहरु विचमा विभिन्न पार्टीका भात्री संगठन, जातिय, क्षेत्रिय समाजहरु, नेपाली समाजहरुमा बसेर एक-आपसमा को-अपेरिटिभ हुने, आफ्ना कला, संस्क्रिती, परम्परालाई विदेशमा पनि कायम राख्ने, नेपाल र नेपालीलाई विदेशीहरु सामु चिनाउने क्रियाकलापहरु अगाडी बढाई रहेका छन्। यसै क्रममा एन आर एन (गैर-आवासिय नेपाली संघ) अहिले विदेशमा बस्ने सबै नेपालीहरु माझ लोकप्रिय भएको कुरा यहाँहरु सबैलाई अवगत नै छ र त्यहि एन आर एन को अन्तराष्ट्रिय सम्मेलन अक्टोवर १२, १३ र १४ मा काठमाण्डौमा हुंदैछ।

जन-सम्पर्क समिती प्रति आस्थावान साथीहरु जन-सम्पर्क समितिको अलावा एन आर एन मा पनि सक्रिय रहि नेपालीहरुको सेवामा तल्लिन रहनु भएको छ। संसार भर छरिएर रहेका तिनै साथिहरुलाई संगठित गराउनु पर्ने, एक-आर्का बीच परिचय गराउनु पर्ने, नेपाली कांग्रेस पार्टीले देशको वर्तमान परिप्रेक्ष्यमा अवलम्वन गरेको नितिहरुको बारेमा जानकारी गराउनु पर्ने, नेपालको वर्तमान अवस्थाका बारेमा सबैलाई यथार्थता जानकारी गराउनु पर्ने आवस्यकता टड्कारो देखिएकोछ। त्यसैले हाम्रो पार्टीले एन आर एन को यस अन्तराष्ट्रिय सम्मेलनमा भागलिन आउने हाम्रा साथीहरु बिचमा गेट टुगेदर हुने अवसर उपलब्ध गराउनु पर्ने देखिएकोछ। त्यहि अवसर उपलब्ध गराउन, विदेशमा बस्ने हाम्रा साथिहरुका अनुभवहरु सुन्न र सुनाउन, आगामी दिनहरुमा पार्टीले लिनु पर्ने धारणाहरुका बारेमा छलफल अगाडी बढाउन अक्टोवर १४ अथवा १५ मा एउटा कार्यक्रम राख्नका लागि यहाँहरुको ध्यानाकर्षण गराउन चाहन्छु। विदेशको वसाईमा पनि पार्टी प्रति लगाव, माया र निष्ठालाई आत्मसाथ गर्ने साथिहरुलाई प्रेरणा, उत्साह, हौसला प्रदान गर्नका लागि पार्टीले विशेष ध्यान पुराओस भनि जन-सम्पर्क समिति, स्पेनको तर्फबाट यहाँहरुको ध्यानाकर्षण गराउन चाहन्छु।

एकराज गिरी
अध्यक्ष (जन-सम्पर्क समिती, स्पेन)

No comments:

Post a Comment