Thursday, December 15, 2011
एन आर एन ए, युएई ब्लड डोनेसन
आदरणीय एन आर एन साथीहरु,
गैर आवाशीय नेपाली संघ, युएईले २०११ डिसेम्बर २३ गते शुक्रबार दिनको १२ बजे अल वासल हस्पिटल, दुबईमा "रक्तदान कार्यक्रम" को आयोजना गरेको हुँदा ईच्छुक नेपाली दाजुभाई दिदीबहिनीहरुलाई उक्त पबित्र सामाजिक कल्याणकारी कार्यमा सहभागी हुन निम्न अनुसार सम्पर्क गर्न अनुरोध गरिन्छ |
स्थान:
दुबई ब्लड डोनेसन सेन्टर – अल वासल हस्पिटल
मिति: २०११/१२/२३ शुक्रबार दिनको १२ बजे
सम्पर्क:
प्रदिप पौड्याल - कार्यक्रम संयोजक
मोबाईल: +९७१ ५५ ५७०४८७५
सन्तोष प्रसाईं - एन आर एन ए, युएई महासचिब
मोबाईल: +९७१ ५५ ६१०४९५३
---
Thanks & Best Regards,
Santosh Prasain
General Secretary
Non-Resident Nepali Association
National Co-ordination Council – UAE
Mobile: +971 55 6104953
Email: nrnuae@gmail.com
Web: www.nrnauae.org
Tuesday, December 13, 2011
एनआरएनए यूएर्इको नयाँ बर्ष २०१२ को उपलक्ष्यमा वनभोज सम्वन्धि सूचना
एनआरएनए यूएर्इको नयाँ बर्ष २०१२ को उपलक्ष्यमा वनभोज सम्वन्धि सूचना
जगत प्रसाद आचार्य, दुबई
आदरणीय युएई वासि नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरु,
गैर आवाशीय नेपाली संघ, युएईले नया बर्ष २०१२ को उपलक्ष्यमा वन-भोज कार्यक्रम आयोजना गर्ने कुरा यहाहरुलाई जानकारी गराउन चाहान्छौ साथ-साथै सम्पूर्ण इछुक्क महानूभावहरु लाई यस वन-भोज कार्यक्रममा सहभागी जनाउन गैर आवाशीय नेपाली संघ, युएई हार्दिक अनुरोध गर्दछ l कार्यक्रम सम्बन्धि विस्तृत जानकारीको लागि निम्न उल्लेखित महानूभावहरुसंघ सम्पर्क राख्नुहोला lकार्यक्रम:
वन-भोज कार्यक्रमको मिति: २० जनवरी २०१२
वन-भोज कार्यक्रमको यात्रा प्रस्थान समय: बिहान ७ बजे
वन-भोज कार्यक्रमको स्थान: अल ऐन-जबेल हफित पार्क
सुल्क: ६० दिह्राम मात्रसहभागिताको लागि निम्न उल्लेखेतित ब्यक्तिहरुसंग सम्पर्क राख्नु होला
दुबई: मनोज कुमार श्रेस्ट, मोबाइल नं: ०५० १४२९३९७
शारजहा: सन्तोष प्रसाईं, मोबाइल नं: ०५५ ६१०४९५३
अबुधाबी: गुन्जमान गुरुङ, मोबाइल नं: ०५० २६८०५२६
अल ऐन: राम थापा, मोबाइल नं: ०५५ ६५६८१२२नोट: आफ्नो नाम १३ जनवरी २०१२ भित्रमा लेखाइसक्नु पर्नेछ lधन्यवाद,
सन्तोष प्रसाईं
महासचिब
गैर आवाशीय नेपाली संघ, युएई
Saturday, September 17, 2011
जन-सम्पर्क समिती स्पेनको ध्यानाकर्षण
नेपालको १० वर्षे ग्रुहयुद्धका कारण म जस्ता हजारौं साथिहरु जसले नेपाली कांग्रेसको कार्यकर्ता भएका आधारमा ज्यान गुमाउनु पर्यो, अंगभंग भएर जीवन जिउनु परेको छ र बिदेशिन वाध्य हुनु परेको छ, तिनै बिदेशिन वाध्य भएका हजारौं नेपाली कांग्रेसका कार्यकर्ताहरु मध्यको म पनि एक हुं। जो जहाँ भए पनि देश र प्रजातन्त्रका बारेमा बहस चलाउनु, निरंकुश तन्त्रका बिरुद्ध निरन्तर आवाज उठाउनु, नेपालको प्रजातन्त्रका पक्षमा अन्तराष्ट्रिय आवाजलाई वुलन्ध पारिरहनु म जस्ता सचेत नागरिकहरुको दायित्व हुन आउंछ। नेपालमा रहंदा गरेको नेपाली कांग्रेस र ने वी संघ प्रतिको लगाव, सांगठनिक कृयाकलापका कारण विदेशमा पनि चुप्प लागेर बस्न गाह्रो भएकाले नेपाली कांग्रेसको बिदेश स्थित भात्री संगठन जन-सम्पर्क समितीमा रहेर काम गर्ने जांगर र उत्साह जागेको कुरा मेरो मात्रै नभएर संसार भरी छरिएर रहेका साथिहरुको यथार्थता हो।
बिदेशमा बस्ने नेपालीहरु विचमा विभिन्न पार्टीका भात्री संगठन, जातिय, क्षेत्रिय समाजहरु, नेपाली समाजहरुमा बसेर एक-आपसमा को-अपेरिटिभ हुने, आफ्ना कला, संस्क्रिती, परम्परालाई विदेशमा पनि कायम राख्ने, नेपाल र नेपालीलाई विदेशीहरु सामु चिनाउने क्रियाकलापहरु अगाडी बढाई रहेका छन्। यसै क्रममा एन आर एन (गैर-आवासिय नेपाली संघ) अहिले विदेशमा बस्ने सबै नेपालीहरु माझ लोकप्रिय भएको कुरा यहाँहरु सबैलाई अवगत नै छ र त्यहि एन आर एन को अन्तराष्ट्रिय सम्मेलन अक्टोवर १२, १३ र १४ मा काठमाण्डौमा हुंदैछ।
जन-सम्पर्क समिती प्रति आस्थावान साथीहरु जन-सम्पर्क समितिको अलावा एन आर एन मा पनि सक्रिय रहि नेपालीहरुको सेवामा तल्लिन रहनु भएको छ। संसार भर छरिएर रहेका तिनै साथिहरुलाई संगठित गराउनु पर्ने, एक-आर्का बीच परिचय गराउनु पर्ने, नेपाली कांग्रेस पार्टीले देशको वर्तमान परिप्रेक्ष्यमा अवलम्वन गरेको नितिहरुको बारेमा जानकारी गराउनु पर्ने, नेपालको वर्तमान अवस्थाका बारेमा सबैलाई यथार्थता जानकारी गराउनु पर्ने आवस्यकता टड्कारो देखिएकोछ। त्यसैले हाम्रो पार्टीले एन आर एन को यस अन्तराष्ट्रिय सम्मेलनमा भागलिन आउने हाम्रा साथीहरु बिचमा गेट टुगेदर हुने अवसर उपलब्ध गराउनु पर्ने देखिएकोछ। त्यहि अवसर उपलब्ध गराउन, विदेशमा बस्ने हाम्रा साथिहरुका अनुभवहरु सुन्न र सुनाउन, आगामी दिनहरुमा पार्टीले लिनु पर्ने धारणाहरुका बारेमा छलफल अगाडी बढाउन अक्टोवर १४ अथवा १५ मा एउटा कार्यक्रम राख्नका लागि यहाँहरुको ध्यानाकर्षण गराउन चाहन्छु। विदेशको वसाईमा पनि पार्टी प्रति लगाव, माया र निष्ठालाई आत्मसाथ गर्ने साथिहरुलाई प्रेरणा, उत्साह, हौसला प्रदान गर्नका लागि पार्टीले विशेष ध्यान पुराओस भनि जन-सम्पर्क समिति, स्पेनको तर्फबाट यहाँहरुको ध्यानाकर्षण गराउन चाहन्छु।
एकराज गिरी
अध्यक्ष (जन-सम्पर्क समिती, स्पेन)

Thursday, September 15, 2011
जन-सम्पर्क समिती स्पेनको अत्यन्त जरुरी सुचना!!
स्पेनमा बसोवास गर्ने नेपाली साथी-भाईहरुले परिवार पुनर्मिलन अन्तर्गत नेपालबाट आफ्नो परिवार ल्याउनका लागि आवस्यक कागजातहरु मध्यको एउटा महत्वपुर्ण कागजात नोमिना (salary sheet) मा विशेष ध्यान पुराउन आवस्यक देखिएको छ। स्पेन सरकारले स्पेनमा बस्ने विदेशीहरुको परिवार पुनर्मिलनका लागि केही समय (३/४ महिना) का लागि मात्रै उच्चतम नोमिना बनाएर कागजातहरु जम्मा गराउने प्रक्रियाको अन्त गराउनका लागि परिवार पुनर्मिलन गराउन ईमिग्रेसन कार्यालयमा अपिल गर्नु भन्दा अघिल्लो वर्षको काम गरेको रेकर्ड (Vida laboral), सेगुरिदाद सोसियलमा तिरेको ट्याक्स (record de seguridad social), देक्लारासिओन दे रेन्ता (declaracion de renta) लगायतका कागजातहरुलाई महत्व दिने र अन्तिम ३ वटा नोमिना चाहिने प्रावधान हटाउने तयारी गरिरहेकाले यो प्रक्रिया अगाडी बढाउने साथीहरुले वकिल सँग संपर्क गरेर मात्रै कागजातहरुको तयारी गर्नुहुनका लागि अनुरोध गरिन्छ। वकिलसँगको संपर्क विना नोमिना, एक्स्ट्रा कामको कन्ट्राक्ट गराउने तिर लागेर पैसाको बर्बादी नगर्नुहुन पनि अनुरोध गरिन्छ।
साथै बार्सिलोनामा भएको नेपाली कन्सुलर लुइस बेल्भिस (Luis Belvis) को कार्यालय Granvia Les Cortes de Catalanes - 583 को पाचौं तला (Metro L2, Universidad) मा सरेको कुरा पनि सबैमा सुचित गरिन्छ।
एकराज गिरी
बार्सिलोना, स्पेन।

Thursday, September 8, 2011
एनआरएन पोर्चुगलद्वारा नबनियुक्त प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना। -भीम के सी कमल
भीम के सी कमल
लिस्बन, ६ सेप्टेम्बर
गैर आवाशिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद पोर्चुगलले नवनियुक्त प्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ।
संघका अध्यक्ष रमेश कुमार गुरुङ्गद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा नबनियुक्त प्रधानमन्त्री बाबुराम भट्टराइ तथा मन्त्रीमण्डलका सदश्यहरुलाई हार्दिक बधाइ तथा कार्यकाल सफलताको कामना गरिएको छ।
उक्त बिज्ञप्तीमा अगाडी भनिएको छ: देशको बर्तमान अस्पष्ट राजनितिक परिदृश्यको समुचित ब्यबस्थापन गरी शान्ती प्रकृयालाइ बिधिसम्मत रुपमा निष्कर्षमा पुर्याउन र जन चाहना अनुसारको संबिधान थपिएको समयाबधि भित्रै निर्माण गर्न बरिष्ठ बिद्वान डा. भट्टराइको नेतृत्वको बर्तमान सरकारलाइ सफलता मिलोस भन्ने शुभकामना सहित कार्यकाल पुर्ण सफलताको कामना गर्दछौं।

Sunday, September 4, 2011
ओमान नेपाली एकता समाज > अपिल
ओमान नेपाली एकता समाज तथा सिर्जनसिल सांस्कृतिक परिवार को सामुहिक प्रस्तुति तिज २०६८ को सुभकामना कार्यक्रम
आदरणीय ओमानबासी नेपाली दाजुभाई दिदीबहिनीहरु हाम्रो देश नेपालको परम्परा अनुसार हरितालिका तिज विवाहित अविवाहित सम्पूर्ण महिला दिदीबहिनीहरुको खास पर्ब मानिन्छ, भन्नुपर्दा नेपाली महिलाको सबैभन्दा ठुलो पर्ब भनेर पनि तिजलाई नै मानिन्छ, सोहि तिजको अबसरमा हामी हाम्रो देश नेपाल छोडेर खाडीमुलुक ओमानमा रहेता पनि हाम्रा रितिरिवाज र परम्परालाई सम्झदै साथै नेपाल पर्यटन वर्ष २०११ लाई टेवा पुराऊँ भन्ने उद्स्य को साथ ओमान नेपाली एकता समाज र सिर्जनसिल सांस्कृतिक परिवारले तीज २०६८, को पावन अवशरमा तीजको कार्यक्रम पस्कन गईरहेको छ | हाम्रा आमा बुबा दाजुभाई ले आफ्ना चेलीबेटी हरुलाई लिन गई निम्तो गरी या अन्य कुनै जरिया ले एकैठाउमा जम्मा गरी एक आपसमा शुखदु:खका कुरा आदान प्रदानगरी बर्भिन्न बाधा अड्चन हरुलाई भुली नाचगान गरी रमाइलो संग मनाउने चलन भएकोले नेपाली भाषा संस्कृति र सभ्यतालाई आत्मा सात गर्दै नेपाली चेलीबेटीहरुले परम्परा देखि बर्ष भरिनै भरिएका दु:ख बेदनालाई तिजी गित बाट बाड्ने र आपसमा रमाउने प्रचलन अनुसार ओमानमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुको बिचमा तीजलाई सामुहिक रुपमा मनाउने मौका ओमान नेपाली एकता समाजले प्रदान गर्दैछ परम्परा अनुसार दिदीबहिनी हरुलाई घरदैलो मा लिन जाने प्रचलन भएता पनि यस खाडी मुलुक ओमानमा त्यो कुरा सम्भव नहुनाले हामी यसै अपिल द्वारा निम्तो गर्दछौँ | उक्त सामुहिक तिजी कार्यक्रमलाई सफलपार्नको निमित्त ओमान स्थित सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई नैतिक र भौतिक रुपले सहयोग का साथ सक्रिय उपस्थितका लागि ओमान नेपाली एकता समाज तथा सिर्जनसिल सांस्कृतिक परिवार हार्दिक अपिल गर्दछौँ |
साथै कार्यक्रममा तिजिगित प्रतियोगिता पनि राखियकोछ, प्रतियोगिता मा महिला एकल र पुरुष मिश्रीत सबै टिमले भागलिन सक्नेछन्, प्रतियोगितामा आफुलाई आवस्यक पर्ने सम्पूर्ण साँजो-समान भागलिने टीमले आफै ब्यवस्था गर्नु प्रर्नेछ, प्रतियोगिता मा प्रथम हुने दुइ टिमलाई उचित पुरस्कार कोब्यवस्था गरियको छ साथै उपस्थित दर्स क बाट ३ जना भाग्यसाली दर्सकलाई उपहारको ब्यबस्था पनि गरियको छ |
प्रतियोगिता मा भागलिन का लागि कृपया यहाँ सम्पर्क गर्नु होला
कार्यक्रम को मिति - ०९.०९.२०११ सुक्रबार
समय - बिहान ११ बजे देखि शिवलाल गिरि 97847016
स्थान - अल मासा हाल रुवी धन बहादुर क्षेत्री - - 97051363
बिष्णु अर्याल - - - 95097126
> शालिकराम आचार्य - - 96375581
E-mail, dhanukshetri007@gmail.com ; shalikrama@gmail.com ; onusnepali@gmail.com

Saturday, August 13, 2011
जन-सम्पर्क समिति स्पेनको अत्यन्त जरुरी सुचना।
नेपाली जन-सम्पर्क समिति स्पेनद्वारा संस्थाका अध्यक्ष श्री एकराज गिरीको नेत्रित्वमा यहि २०११ जुलाई २६ तारिखका दिन एक डेलिगेसन गई स्पेनको कातालुन्या स्टेटका ईमिग्रेसन मन्त्री मार्फत यहाँ बस्ने नेपालीहरुका बिबिध समस्याहरु, नेपाल र स्पेनको मैत्री सम्बन्ध, स्पेनमा बस्ने नेपालिहरुका परिवार पुनर्मिलनका लागि भारतको नयाँदील्ली स्थित स्पानिस दुतावासबाट भिषा प्रक्रिया सुरु गर्दा भोग्नु परेका समस्याहरुको साथै स्पेनमा बस्ने नेपालीहरुले दक्षिण अमेरिकी देशका नागरिक सरह पांच (५) वर्षमा स्पेनको पासपोर्ट पाउनु पार्ने बिषयहरुका बारेमा छलफल गरि ज्ञापन-पत्र बुझाइएको थियो। बिशेषत: परिवार पुनर्मीलनका लागि सम्पुर्ण भिषा प्रक्रियाहरु काठमाण्डौबाट गर्न पाउने ब्यवस्था गर्नका लागि यहाँको सरकारको सकरात्मक सोच रहेको पाइयो।
त्यहि प्रक्रियालाई अगाडी बढाउन र यहाँ बस्ने नेपालीहरुले नेपाल सरकारद्वारा जारी गरिने पासपोर्ट, अन्य कागजातहरुका लागि झेल्नु परेका समस्याहरुको बारेमा छलफल गर्न यहि २०११ अगस्त १९ तारिखका दिन नेपाली दुतावास पेरिस, फ्रान्समा पुन: जन-सम्पर्क समिति स्पेनको पहलमा समितिका अध्यक्षको नेत्रित्वमा अर्को डेलिगेसन जान लागिएको कुरा सबैलाई अवगत गराउंदै स्पेनमा बस्ने सम्पुर्ण नेपाली साथिहरुलाई केही सुझाव र सल्लाह भएमा (jssspain@yahoo.es & balewali@yahoo.com) ईमेलमा पठाउनका लागि अनुरोध गर्दछौं।
जन-सम्पर्क समितिद्वारा गरिने राम्रा कामहरुलाई छायांमा पार्ने दुस्प्रयास स्वरुप अन्लाइन खबरहरुमा बिना नाम र छदम नाममा समचारहरु सम्प्रेषण गर्ने प्रति खेद प्रकट गर्दै संस्था र समितिका बारेमा केही कुराहरु भएमा लिखित रुपमा वा स्वयम् बैठकमा उपस्थित भएर आफ्ना कुराहरु राख्नका लागि अनुरोध गर्दछु। साथै जन-सम्पर्क समिति स्पेनले यहाँ बस्ने नेपालीहरुका हरेक सुख दु:खमा सदैव साथ दिने प्रतिवद्धता पुन: दोहोराउन चाहन्छु।
दिपक सुबेदी
महामन्त्री (जन-सम्पर्क समिति, स्पेन)
Tuesday, February 1, 2011
नेपाल कम्युनिष्ट पार्टी (मसाल)द्वारा जारी प्रेसबक्तव्य
नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य
ने.क.पा. (मसाल) को पी.वी.को बैठक हालै सम्पन्न भयो। त्यो बैठकले देशको तात्कालिक राजनीतिक परिस्थिति, मुख्य रुपले सरकारको निर्माणमा उत्पन्न गत्यावरोध, संविधानको निर्माणमा देखापरेको अनिश्चयता, जनजीविकासित जोडिएका कतिपय समस्याहरु तथा पार्टीका कतिपय संगठनात्मक समस्याहरुबारे गम्भीरतापूर्वक विचार गर्दै महत्वपूर्ण निर्णयहरु गरेको छ।
बैठकले बारम्बारको सहमतिको प्रयत्न असफल भएपछि अब पुनः बहुमतीय प्रक्रियाद्वारा प्रधानमन्त्रीको चुनाव हुने परिस्थितिको निर्माण भएको अवस्था माथि गम्भीरतापूर्वक विचार गर्यो। त्यसबाट पुनः पहिलेको बहुमतद्वारा निर्वाचित माधव नेपालको सरकारलाई असंवैधानिक घोषित गर्ने माओवादी नीति, तुरुन्त सहमतिको सरकार बन्दछ भनेर त्यसलाई राजिनामा गर्न वाध्य गर्ने, प्रधानमन्त्रीको चुनावमा बहुमतीय प्रणालीको विरोध गर्ने वा त्यसलाई असफल पार्ने एमाले नेतृत्वका नीतिहरु गलत भएको कुरा सिद्ध भएको छ। उनीहरुका त्यस प्रकारका गलत नीतिहरुका कारणले नै देश लामो समयसम्म काम चलाउ सरकारको मातहतमा बस्नु पर्ने स्थिति उत्पन्न भयो र संविधानको निर्माणका लागि तोकिएको एक वर्षको अवधिको एउटा ठूलो भाग व्यर्थमा गयो।
हाम्रो पार्टीले प्रारम्भ देखि नै सहमतिका आधारमा सरकारका लागि प्रयत्न गर्दै त्यो प्रयत्न सफल नभएमा बहुमतीय प्रक्रियाद्वारा सरकारको गठन गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएको थियो। अहिले बहुमतीय प्रणालीलाई नीतिगत रुपमा नै निषेध गर्ने राजनीतिक शक्तिहरु पनि बहुमतीय प्रणालीका पक्षमा आउनु पर्ने स्थिति उत्पन्न भएको कुराबाट हाम्रो नीति सही भएको सिद्ध भएको छ।
हाम्रो पार्टीले प्रारम्भ देखि नै यो कुरामा जोड दिंदै आएको थियो र अहिले पनि यो कुरामा जोड दिन्छ कि प्रधानमन्त्रीको चुनाव हुँदा सामान्यतः ०६२–६३ को आन्दोलनका पक्षधर शक्तिहरुका बीचबाट नै प्रधानमन्त्री हुनुपर्दछ। तैपनि उनीहरु मध्ये कसलाई समर्थन गर्ने वा नगर्ने? त्यो कुरा सम्बन्धित सबै पक्षहरुको मूल्यांकन गरेर नै हाम्रो पार्टीले आफ्नो मत निश्चित गर्दै आएको छ र अहिले पनि त्यही प्रकारको नीति अपनाउने छ।
संविधानको निर्माणका लागि थपिएको एक वर्षको अवधिको करिब तीन चौथाई समय सरकारको निर्माणको विवादमा नै बित्यो। अब बाँकी रहेको केही महिनामा पनि सरकारको निर्माण सम्बन्धी विवादमा नै खर्च भएमा तोकिएको अवधिभित्र संविधान बन्न सक्ने छैन। त्यो अवस्थामा देशमा प्रतिगमनलाई बल पुग्ने, गणतन्त्रलाई सुदृढ गर्ने काममा बाधा पुग्ने, अराजकताको स्थिति पैदा हुने समेत सम्भावनाहरु रहनेछन्। त्यसैले हाम्रो पार्टीले जुनसुकै पक्षको नेतृत्वमा सरकार बनेपनि सत्तारुढ वा प्रतिपक्षमा भएका ०६२–६३ को आन्दोलनका पक्षधर राजनीतिक शक्तिहरुको सहमतिमा तोकिएको समयभित्र संविधानको निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ।
अनमिनको वहिर्गमनलाई हाम्रो पार्टीले स्वागत गर्दछ। हाम्रो पार्टीले शान्ति र संविधानको निर्माणका लागि अनमिनको भूमिका प्रति प्रारम्भ देखि नै विरोध गर्दै आएको थियो। आखिर त्यसको पहलमा देशमा न शान्ति प्रक्रिया सफल भयो, न संविधानको निर्माण भयो र खालि लामो समय र ठूलो राष्ट्रिय सम्पत्ति नै त्यसका लागि दुरुपयोग भयो। त्यसबाट सधैं झै यस सन्दर्भमा पनि हाम्रो पार्टीको नीति सही र दुरदर्शितापूर्ण भएको कुरा प्रष्ट भयो।
माओवादी लडाकूहरुलाई विशेष समितिका मातहतमा लैजाने निर्णयको हाम्रो पार्टीले सकारात्मक रुपमा लिन्छ। वैचारिक वा मार्क्सवादी–लेनिनवादी सिद्धान्त अनुसार त्यो निर्णय कहाँसम्म सही छ? आवश्यकतानुसार त्यसबारे आफ्नो मत प्रकट गर्ने अधिकारलाई सुरक्षित राख्दै अहिलेको कदमबाट शान्ति प्रक्रियाको सफलता, सरकारको गठन, संविधानको निर्माण वा गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा सहयोग पुग्यो भने त्यो स्वागतयोग्य कुरा हुनेछ भन्ने हाम्रो मत छ। तर त्यस सन्दर्भमा हाम्रो यो पनि मत छ कि माओवादी लडाकूहरुलाई कम भन्दा कम संख्यामा पनि समूहगत रुपमा नेपाली सेनामा सामेल गर्ने कार्य घातक हुनेछ र त्यस प्रकारका कुनै पनि कार्यको हाम्रो पार्टीले दृढतापूर्वक विरोध गर्दछ। त्यो अवस्थामा विशेष समितिको भूमिका उनीहरुको (माओवादी लडाकूहरुको) पुनर्स्थापना वा व्यवस्थापनमा सहयोग गर्ने कार्यसम्म नै सीमित हुनुपर्दछ भन्ने हाम्रो दृढ मत छ।
माओवादी लडाकूहरुलाई विशेष समितिमा लैजान सहमति पछि पनि माओवादीहरुले शान्ति प्रक्रियाको प्रश्नलाई आफ्नो नेतृत्वको सरकारको प्रश्नसित जोडेर प्रस्तुत गर्ने गरेकाले त्यो विषयमा सहमति भएपनि उनीहरुले इमान्दारितापूर्वक शान्ति प्रक्रियालाई सफल पार्न योगदान दिने छन् भन्ने कुरामा विश्वास गर्न मुश्किल पर्दछ। उनीहरुको अहिलेसम्मको समग्र कार्यप्रणाली माथि विचार गर्दा उनीहरुको नेतृत्वमा सरकार नबनेमा उनीहरुले शान्ति प्रक्रियाको सफलतामा बाधा हाल्ने र उनीहरुको नेतृत्वमा सरकार बनेमा अधिनायकवादी शासन कायम हुने दुवै खतरा प्रति हाम्रो पार्टीले जनताको ध्यान आकर्षित गर्न चाहन्छ। खालि जनतामा उच्च प्रकारको सतर्कता र सशक्त जनदवावद्वारा मात्र उनीहरुबाट सम्भावित त्यस प्रकारको खतरालाई रोक्दै शान्ति प्रक्रिया, संविधानको निर्माण र गणतन्त्रलाई सुदृढ गर्ने कार्यहरुलाई सफल पार्न सकिने छ।
देशमा अनियन्त्रित रुपले बढिरहेको महंगी, लोडसेडिड्ड तथा दन्डहीनता र असुरक्षाको अवस्थाबाट जनजीवन अत्यन्त कष्टप्रद बनेर गएको छ। हाम्रो पार्टीले ती सबै कुराहरुको विरोध गर्दै तिनीहरुमाथि नियन्त्रण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ।
मिति : २०६७ माघ १८ गते
(मोहनविक्रम सिंह)
महामन्त्री
Email :
ncpmashal@gmail.com, Website : www.ncpmashal.org
Thursday, January 6, 2011
पत्रकार् महासंघ काठमाण्डौ शाखाको प्रेस ब्यज्ञति
नेपाल पत्रकार महांघका काठमाडौं शाखाका सचिव गोविन्द प्रसाद चौलागाईले मनोमानी ढंगले महासंघको लोगो र लेटरप्याड मात्र दुरुपयोग गरेको नभई महासंघको नाममा लुकीछिपी विभिन्न कार्यक्रमहरु गरेर आर्थिक समेत संकलन गरिएको खुलासा भएको छ ।
महासंघको कार्यसमितिलाई समेत जानकारी नदिई आफूखुशी लेटरप्याड दुरुपयोग गरी विधान विपरित शीर मेमोरिय अस्पताल बनेपा काभ्रेको नाममा कार्यक्रम सम्पन्न भएको भनि जानकारी दिएको पत्र प्राप्त भएको छ । "सोझै विद्यालय स्तरीय स्वास्थ्य शिक्षा तथा धुम्रपान नियन्त्रण कार्यक्रम" गरेको खुलासा भएको छ । जबकि यो कुरा महासंघको कुनै पनि पदाधिकारीहरुलाई जानकारी समेत नभएको र कार्यसमितिमा निर्णय समेत नगरेकाले उनले गरेको गतिविधि माथि महासंघका सम्पूर्ण साधारण सदस्यहरुले आपत्ति जनाएको थाहा भएको छ । सचिव चौलागाईमाथि अहिले विभिन्न क्षेत्रबाट उनको गतिविधिप्रति गम्भीर रुपले निगरानी हुँदै आएको स्रोतले बताएको छ । आफै सचिव भएर पनि महासंघको हित विपरित काम कार्यवाही गरेकाले उनले गरेको काम महासंघको विधान विपरित समेत भएको एक साधारण सदस्यले बताएका छन् ।
जबकि कुनै पनि भैपरी आउने कार्यक्रम र सूचना विज्ञाप्ती बाहेक अन्य गतिविधिहरु गर्दा कार्यसमितिमा निर्णय गरी कार्यक्रमहरु कार्यन्वयन गर्नु पर्छ । यसरी उनले आफ्नै ढंगले गरेको कार्यप्रति महासंघका पदाधिकारीहरुलाई समेत आश्चर्यमा छुब्द भएका छन्। काठमाडौं शाखाको लेटरप्याडमा घुमाउरो पाराले शीर मेमोरियललाई नै सम्वोधन गरी शीर मेमोरियलले नै कार्यक्रम सम्पन्न गरेको समेत उल्लेख छ । उनले २०६७ भाद्र १ गते शीर मेमोरियल अस्पतालको कार्यक्रम सम्पन्न भएको जानकारी पत्र दिइएको छ ।
यसरी त उनले २०६० सालमा पूर्व युवराज पारसको जन्मोत्सवमा रौतहत जिल्लामा समेत राजाको नाम भजाएर "श्री ५ युवराज धिराज पारस बीर विक्रम शाहदेव सरकारको ३३औं शुभजन्मोत्सव स्मारिका समिति" भनि आफै अतिथि सम्पादक भई काम गरेका थिए । तिनै अभियोगमा महासंघले उनी माथि विगतमा पनि ६ महिना निलम्वन गरी फुकुवा गरेका थिए । उनको विगतको चरित्र पनि शंकास्पद गतिविधि गरेको स्पष्ट भएकोले पत्रकारहरुले उनको गतिविधिमा शंका गर्ने ठाउँ यतिमात्र होइन छानविन गर्नुपर्ने आवाज उठ्न थालेको छ । किनकि महासंघ काठमाडौं जिल्ला शाखाको आफू पदमा वहाल रहेको अवस्थामा समेत पुर्व स्वीकृति र निर्णय विना कसैलाई थाहै नदिई विभिन्न कार्यक्रमहरु गरी आर्थिक समेत संकलन गरीएको हुनसक्ने र छानविन हुनुपर्ने कुरा सर्वत्र रुपमा उठेको छ ।
महासंघको लेटर प्याडमा १० वटा विद्यालयको नामका कहिले र कसरी कार्यक्रम गरे त्यो भने अनुसन्धानको विषय बनेको छ । शीर मेमोरयिल अस्पतालको नाममा विभिन्न विद्यालयहरु १ कान्ति भैरव डाँछी २ अरुणोदय उ.मा.वि.सतिखेल फर्पिङ्ग ४ कालीकाशरण उ.मा.वि. जहरिसंह पौवा ५ ओख्रेनी मा.वि. सुन्दरीजल ६ मंगलोदय मा.वि. थानकोट ७ भाग्योदय उ.मा.वि. साँखु ८, जनप्रभात मा.वि. कालीमाटी ९ मानिसिंह धर्म उ.मा.वि मनमैंजु ९ श्रीकृष्ण मा।वि छैमले १० चापाबोट उ.मा.वि. नाङ्गले भारे । लगायत ठाउहरुमा कार्यक्रम सम्पन्न भएको जनाएको छ ।
यसरी मनपरी ढंगले कार्यक्रमहरु गरेको थाहा पाएर पनि पदाधिकारीहरु चुपचाप बसेको आरोप आफ्नै सदस्यहरुले बताउन थालेको छ । यस्ता व्यक्तिलाई महासंघले छानबिन गरी किन कारबाही नगरेको भनि महासंघमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
महासंघको कार्यसमितिलाई समेत जानकारी नदिई आफूखुशी लेटरप्याड दुरुपयोग गरी विधान विपरित शीर मेमोरिय अस्पताल बनेपा काभ्रेको नाममा कार्यक्रम सम्पन्न भएको भनि जानकारी दिएको पत्र प्राप्त भएको छ । "सोझै विद्यालय स्तरीय स्वास्थ्य शिक्षा तथा धुम्रपान नियन्त्रण कार्यक्रम" गरेको खुलासा भएको छ । जबकि यो कुरा महासंघको कुनै पनि पदाधिकारीहरुलाई जानकारी समेत नभएको र कार्यसमितिमा निर्णय समेत नगरेकाले उनले गरेको गतिविधि माथि महासंघका सम्पूर्ण साधारण सदस्यहरुले आपत्ति जनाएको थाहा भएको छ । सचिव चौलागाईमाथि अहिले विभिन्न क्षेत्रबाट उनको गतिविधिप्रति गम्भीर रुपले निगरानी हुँदै आएको स्रोतले बताएको छ । आफै सचिव भएर पनि महासंघको हित विपरित काम कार्यवाही गरेकाले उनले गरेको काम महासंघको विधान विपरित समेत भएको एक साधारण सदस्यले बताएका छन् ।
यसरी त उनले २०६० सालमा पूर्व युवराज पारसको जन्मोत्सवमा रौतहत जिल्लामा समेत राजाको नाम भजाएर "श्री ५ युवराज धिराज पारस बीर विक्रम शाहदेव सरकारको ३३औं शुभजन्मोत्सव स्मारिका समिति" भनि आफै अतिथि सम्पादक भई काम गरेका थिए । तिनै अभियोगमा महासंघले उनी माथि विगतमा पनि ६ महिना निलम्वन गरी फुकुवा गरेका थिए । उनको विगतको चरित्र पनि शंकास्पद गतिविधि गरेको स्पष्ट भएकोले पत्रकारहरुले उनको गतिविधिमा शंका गर्ने ठाउँ यतिमात्र होइन छानविन गर्नुपर्ने आवाज उठ्न थालेको छ । किनकि महासंघ काठमाडौं जिल्ला शाखाको आफू पदमा वहाल रहेको अवस्थामा समेत पुर्व स्वीकृति र निर्णय विना कसैलाई थाहै नदिई विभिन्न कार्यक्रमहरु गरी आर्थिक समेत संकलन गरीएको हुनसक्ने र छानविन हुनुपर्ने कुरा सर्वत्र रुपमा उठेको छ ।
महासंघको लेटर प्याडमा १० वटा विद्यालयको नामका कहिले र कसरी कार्यक्रम गरे त्यो भने अनुसन्धानको विषय बनेको छ । शीर मेमोरयिल अस्पतालको नाममा विभिन्न विद्यालयहरु १ कान्ति भैरव डाँछी २ अरुणोदय उ.मा.वि.सतिखेल फर्पिङ्ग ४ कालीकाशरण उ.मा.वि. जहरिसंह पौवा ५ ओख्रेनी मा.वि. सुन्दरीजल ६ मंगलोदय मा.वि. थानकोट ७ भाग्योदय उ.मा.वि. साँखु ८, जनप्रभात मा.वि. कालीमाटी ९ मानिसिंह धर्म उ.मा.वि मनमैंजु ९ श्रीकृष्ण मा।वि छैमले १० चापाबोट उ.मा.वि. नाङ्गले भारे । लगायत ठाउहरुमा कार्यक्रम सम्पन्न भएको जनाएको छ ।
यसरी मनपरी ढंगले कार्यक्रमहरु गरेको थाहा पाएर पनि पदाधिकारीहरु चुपचाप बसेको आरोप आफ्नै सदस्यहरुले बताउन थालेको छ । यस्ता व्यक्तिलाई महासंघले छानबिन गरी किन कारबाही नगरेको भनि महासंघमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
Subscribe to:
Comments (Atom)